Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल भोलि विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भोलि बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेका हुन् ।

भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।

प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077