Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : दक्षिण अफ्रिकामाथि भारतको सानदार जित

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकामाथि भारतको सानदार जित

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । स्पिनर रविन्द्र जडेजाको घातक बलिङमा भारतले दक्षिण अफ्रिकालाई २४३ रनको विशाल अन्तरले पराजित गरेको छ । भारतमा जारी आईसीसी वान डे विश्वकप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि आयोजक भारतले शानदार जित निकालेको हो ।

    भारतले दिएको ३ सय २७ रनको लक्ष्यसामु दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रन बनाउँदै अलआउट भयो । दक्षिण अफ्रिकाका मार्को यानसनले सर्वाधिक १४ रन बनाए ।



    क्विन्टन डि कक ५, टेम्बा बभुमा ११, रास्सी भान डर डुसेन १३, एडेन माक्ररम ९, हेनरिक क्लासेन १ र डेविड मिलर ११ रनमा आउट भए।



    भारतका रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए । मोहम्मद शिराजले एक विकेट लिए।

    पहिले ब्याटिङ गरेको भारतका लागि सर्वाधिक १०१ रन बनाउँदा श्रेयस यय्यरले ७७ रनको योगदान दिए । यस्तै कप्तान रोहित शर्मा ४०, रवीन्द्र जडेजा २९, सुभमन गिल २३, सूर्यकुमार यादव २२ र केएल राहुलले ८ रन बनाएका थिए ।

    दक्षिण अफ्रिकाका लागि लुंगी नेग्दी, मार्को जेनसन, कगिसो रबाडा, केशव महाराजा र तबिराज शम्सीले एक/एक विकेट लिए । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

    यो जितपछि भारतको १६ अंक भएको छ र लिग चरणमा शीर्ष स्थानमा रहने निश्चित भएको छ । दक्षिण अफ्रिका भने प्रतियोगिताको दोस्रो हारपछि १२ अंकमा सीमित रह्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार