Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य

    भारतले दक्षिण अफ्रिकालाई दियो ३२७ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 537
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ३२७ रनको लक्ष्य दिएको छ ।

    कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो । भारतका विराट कोहलीले नटआउट शतक बनाए ।



    उनले १ सय २१ बलमा १ सय १ रन जोडे । यस्तै श्रेयस अय्यरले ७७ र कप्तान रोहित शर्माले ४० रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडी, मार्को जेनसेन, कागिसो रबाडा, केशव महाराज र तबरिज शाम्सीले समान १ विकेट लिए ।



    भारत र दक्षिण अफ्रिका यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् । भारत ७ खेलमा १४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका उति नै खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार