Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बोलाएका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधान सेनापति लगायत सहभागी हुने छन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयबा अनुसार बैठक आइतबार बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पको क्षति, राहत, उद्धार र उपचारबारे छलफल तथा निर्णय हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077