Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकपबाट बाहिरियो साविक विजेता इङ्ल्यान्ड, अस्ट्रेलिया विजयी

    विश्वकपबाट बाहिरियो साविक विजेता इङ्ल्यान्ड, अस्ट्रेलिया विजयी

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 828
    SHARES

    काठमाडौं । साविक विजेता इङ्ल्यान्ड भारतमा जारी एकदिवसीय विश्वकपबाट बाहिरिएको छ।

    अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इङ्ल्यान्ड जारी विश्व कपबाट बाहिरिएको हो । यसअघि बङ्लादेश पनि विश्व कपबाट बाहिरिएको थियो ।



    टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ सय ८६ रन बनाएको थियो । दुई सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्ड ४८ ओभर १ बलमा दुई सय ५३ रन बनाएर अलआउट भयो ।



    इङ्ल्यान्ड ७ खेलमा २ अङ्क जोडेर प्रतियोगिताबाट बाहिरिएको छ । अब नेदरल्यान्ड्स र पाकिस्तानसँग २ खेल खेल्न बाँकी छ । यी दुवै खेल जिते पनि उसको ६ अङ्क मात्र हुनेछ, जुन सेमिफाइनल पुग्न पर्याप्त छैन ।

    इङ्ल्यान्डलाई हराएपछि अस्ट्रेलियाले ७ खेलमा ५ जितसहित १० अङ्क जोडेको छ । अस्ट्रेलिया अङ्क तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान र बङ्लादेशसँग २ खेल बाँकी छ । अब एक खेल जितेमा अस्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार