Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप क्रिकेट

    अफगानिस्तानसँग नेदरल्यान्ड्स १७९ रनमा ‘अलआउट’

    अफगानिस्तानसँग नेदरल्यान्ड्स १७९ रनमा ‘अलआउट’

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 816
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले अफगानिस्तानलाई १८० रनको लक्ष्य दिएको छ ।

    लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १७९ रनमा समेटियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए ।



    यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।



    अफगानिस्तान ६ खेलमा ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स उति नै खेलमा ४ अङ्कसहित आठौँ स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार