Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्कीको तयारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोले बतायो ।

माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेती सुशिल र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्रीका लागि नाम सिफारिस गरिसकेको बताइएको छ ।

यद्यपि यस विषयमा मुख्यमन्त्री कार्यालय र सम्बन्धित दलहरुले भने औपचारिक जानकारी दिइसकेको छैन ।

नेकपा एमालेको समर्थनमा कांग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई सरकारमा गठबन्धनलाई सहभागी नगराउन नेकपा एमालेको दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077