Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सवारी दुर्घटनामा परी एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो।

शुक्रबार उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

उनीहरू सिजनमा परिवार नै रोजगारीका लागि भारत जाने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077