एजेन्सी । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्यान्ड्स खेल्दैछन् ।
यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे लखनऊमा शुरु हुनेछ ।
जारी प्रतियोगितामा अफगानिस्तानले ६ खेलमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । यस्तै समान खेलबाट नेदरल्याण्ड्सले २ खेलमा जित निकालेर ४ अंक जोडेको छ ।
अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनलको सम्भावना जिवित राख्न चाहन्छ भने नेदरल्याण्ड्स अंक तालिकामा स्थान सुधारको लक्ष्यमा हुनेछ।
Leave a Reply