Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशमसम्बन्धी आदेश कता गायब ?

काठमाडौं । ८ वर्षअघि टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीलाई सजाय माफी दिनु संविधान, कानुन र न्यायको मान्य सिद्धान्तविपरीत भएको सर्वोच्चले यसअघि नै बताइसकेको छ।

न्यायाधीश डा. आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आठ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा रेशम चौधरीको वारदातस्थलमा उपस्थित, आक्रमणमा संलग्नता रहेको ठहर गरेको गरेको फैसलाको पूर्णपाठै केही अघि सार्वजनिक भएको थियो। अब प्रश्न सर्वत्र छ, – ‘रेशम कहिले पक्राउ पर्छन् ?’

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्ले यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिएका थिए।

आममाफी पाएपछि उनी जेठ १५ गते रिहा भएका थिए। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसको अवसरमा नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका थिए।

सर्वोच्चले माफी मिनाहा दिने समेतका कार्य गर्नु मुलुकको संविधान, कानुन र न्यायका मान्य सिद्धान्त समेतको हाकाहाकीविपरीत हुने ठहर गरेको छ। अन्न्पूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077