काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३५८ रनको विशाल लक्ष्य दिएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५७ रन बनायो ।
भारतका शुभमन गिलले ९२, विराट कोहली ८८ र श्रेयस अय्यरले ८२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दिलशन मदुशनाकाले ५ विकेट लिए ।
भारत ६ खेलमा १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । श्रीलङ्का उति नै खेलमा ४ अङ्कसहित सातौँ स्थानमा छ ।
Leave a Reply