Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्व इन्स्पेक्टरसहित ९ जना जुवाखालबाट पक्राउ, ३३ हजार बरामद

कैलाली । कैलालीमा पूर्व प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ९ जना जुवाखालबाट पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-१ स्थित साथीभाई होटलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ बस्ने ५२ वर्षीय प्रेमसिंह खड्का, वडा नम्बर ५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२ वर्षका हेमराज जोशी, धनगढी-३ बस्ने ४० वर्षका लक्ष्मीराज जोशी, धनगढी-४ बस्ने ३६ वर्षका जितेन्द्र भट्ट, धनगढी-८ बस्ने ४६ वर्षका गणेश दाहाल, धनगढी-५ बस्ने ५९ वर्षका महेन्द्रसिंह खड्का, धनगढी-३ बस्ने ३६ वर्षका धर्म बोगटी र डोटी शिखर नगरपालिका-३ बस्ने ५१ वर्षका रमेश कडायत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका का अनुसार होटलमा जुवातास भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये प्रेमसिंह खड्का पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) रहेको खुलेको छ ।

उनी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेकै बेला रिटायर्ड भएका पूर्व इन्सपेक्टर रहेको उनले बताए । उनीहरुको साथबाट नगद ३३ हजार ८५५ र ३ गड्डी तास पनि बरामद गरिएको छ । उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077