Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो ३५८ रनको लक्ष्य

    दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो ३५८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 852
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई जितका लागि ३५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले सानदार स्कोर तयार गरेको हो ।



    दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाएर आउट भए ।



    यस्तै डेभिड मिलरले ५३ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।

    दक्षिण अफ्रिका ६ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार