Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते

सर्लाही । मधेश प्रदेश  सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन जना घाइते भएका छन् ।

मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन् ।

जसमध्ये एकको अवस्था गम्भीर छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेश सरकारका राज्यमन्त्री आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा बरहथवा नगरपालिका ५ बस्ने १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुर बस्ने १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको वीरगन्जमा उपचार चलिरहेको छ । तीन घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । दुर्घटनापछि गाडीका चालक फरार छन् ।

दुर्घटना के कति कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनापछि चालक र त्यसमा सवार अन्य व्यक्ति गाडी छाडेर फरार भएपछि आक्रोशित स्थानीयले गाडीमा तोडफोडसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077