Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : पाकिस्तानले बंगलादेशलाई हरायो, सेमिफाइनल पुग्ने सम्भावना कायमै

    विश्वकप क्रिकेट : पाकिस्तानले बंगलादेशलाई हरायो, सेमिफाइनल पुग्ने सम्भावना कायमै

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरेको हो । भारतको कोलकत्तामा भएको खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । यो जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना जिवितै बनाएको छ ।

    बङ्गलादेशले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि फखर जमानले सर्वाधिक ८१ रन बनाए । यस्तै अब्दुल्लाह शफिक ६८ रन बनाएर आउट भए । बलिङतर्फ बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिए ।



    यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयो । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए ।



    बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।
    आजको जितसँगै पाकिस्तान ७ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार