Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • राष्ट्रपतिले आममाफी दिएका रामचन्द्र अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

    राष्ट्रपतिले आममाफी दिएका रामचन्द्र अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

    मागेका थिए २५ लाख फिरौती

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 1K
    SHARES

    चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका एक व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् । गत जेठ १४ गते गणतन्त्र दिवसको अवसरमा आममाफी पाएका ५५ वर्षीय रामचन्द्र थापा पक्राउ परेका हुन् ।

    भरतपुर महानगरपालिका–१ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती माग गर्ने थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    प्रहरीका अनुसार थापा यसअघि पटक पटक कैदको सजाय पाएका व्यक्ति हुन् । पछिल्लो पटक २०७५ मंसिर १३ गते उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा डाँकासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

    उक्त मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो। राष्ट्रपतिबाट आममाफी पाएको पाँच महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन् ।

    चितवन प्रहरीका अनुसार थापाले कात्तिक ८ गते साँझ सुवेदीलाई टेलिफोनबाट कल गरेर हिन्दी भाषा प्रयोग गरी धम्क्याएर २५ लाख रुपैयाँ माग गर्दै उनले अन्याथा सुवेदीको हत्या गर्ने र उनका बालक छोराको अपहरण गर्ने धम्की दिएका थिए ।

    सुवेदीसँग पैसा माग गर्दै गरेको अवस्थामा थापालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार