Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • स्रोत नखुलेको २१ लाख बढी रकमसहित बालक पक्राउ

    स्रोत नखुलेको २१ लाख बढी रकमसहित बालक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 2.6K
    SHARES

    विराटनगर । विराटनगरबाट स्रोत नखुलेको २१ लाख बढी रकमसहित एकजना बालक पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) बाट खटिएको टोलीले विराटनगर महानगरपालिका–६ शनिमन्दिर नजिकबाट २१ लाख ८७ हजार नेपाली रुपैयाँसहित बालकलाई मंगलबार पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्रोत नखुलेको ठूलो परिणामको रकमसहित विराटनगर–६ का १६ वर्षीय बालक पक्राउ परेका छन् ।



    प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकलमा सवार रहेका बालकले बोकेको कालो रंगको झोलाबाट रकम बरामद भएको प्रहरीले जनाएको छ । बालकको साथमा अवैध रकम रहेको विशेष सूचनाका आधारमा पक्राउका लागि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले टोली परिचालन गरेका थिए । बालकको साथबाट एक हजार दरका एक हजार छ सय ८७ र पाँच सय दरका एक हजारवटा नोट बरामद भएको प्रहरीले जनाएको छ ।

    बालकको साथबाट विभिन्न बैंकका चेक पनि बरामद भएको छ । बलराम केसरीको नाममा रहेको कुमारी बैंकको चेकबुक, रन्जितकुमार साहका नाममा रहेको र उमेशकुमार भगतको नाममा काटिएको ८६ हजार आठ सय रुपैयाँ रकम उल्लेख भएको एनआईसी एसिया बैंकको चेक तथा विभिन्न मितिमा ग्लोबल आईएमई बैंकमा १६ लाख ६९ हजार पाँच सय रुपैयाँ जम्मा गरेको रसिद बालकको साथबाट बरामद भएको प्रहरीले जनाएको छ।

    प्रहरीले बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने अनुमान गरेको छ। पक्राउ परेका बालकलाई बरामद भएको रकमसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार