Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • बैंक तथा सहकारी चोरीमा संलग्न तीन भारतीय पक्राउ, पैसा जम्मा गर्दै जाने गर्थे ‘क्यासिनो’

    बैंक तथा सहकारी चोरीमा संलग्न तीन भारतीय पक्राउ, पैसा जम्मा गर्दै जाने गर्थे ‘क्यासिनो’

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 1.4K
    SHARES

    रुपन्देही । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेशको गोरखपुर घर बताउने प्रचन्ड विक्की ठाकुर भन्ने आकाश सिंह, सोनु भन्ने जितेन्द्र यादव र अरविन्द भन्ने विष्णु सहनी छन् ।

    उनीहरुमाथि रुपन्देहीका विभिन्न बैंक तथा सहकारीमा चोरी गरेका आरोप छ । उनीहरु पैसा चोरी गर्दै क्यासिनोमा जाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    प्रहरीका अनुसार उनीहरुले असोज १७ को राति तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित कामना बहुउद्देश्यीय सहकारी संस्थाको ३ लाख ५७ हजार ६ सय रुपैयाँ र सीसी क्यामेराको ब्याकअप चोरी गरेका थिए । यस्तै सांग्रीला डेभलपमेन्ट बैंकको शाखाबाट प्रबन्धकले प्रयोग गर्ने ल्यापटप‚ सीसी क्यामराको ब्याकअप र खुकुरी चोरी गरेका थिए ।

    उनीहरूले वैशाख ९, जेठ २ र असार ११ र २३ मा सिद्धार्थनगर नगरपालिकामा पनि चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    क्यासिनोको लत लागेका उनीहरु नेपाल छिरेर रुपन्देहीका विभिन्न क्षेत्रमा चोरी गरेर रकम जम्मा गर्ने र क्यासिनोमा जाने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिकामा रहेको एक क्यासिनो बाहिर शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रहरीले कात्तिक ४ मा पक्राउ गरेको थियो । ५/६ जनाको समूहमा रहेकामध्ये ३ जनालाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार