Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बुद्ध एयरले भित्र्यायो १७ औं एटीआर जहाज, एक महिनाभित्र उडान !

काठमाडौं । बुद्ध एयरले शुक्रबार १७ औं एटीआर जहाज भित्र्याएको छ । बुद्धले नाइनएन-एओसी कलसाइन रहेको एटिआर-७२ जहाज शुक्रबार भित्र्याएको हो।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ ।

योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077