Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : श्रीलंकासँग साविक विजेता इंग्ल्याण्ड ८ विकेटले पराजित

    विश्वकप क्रिकेट : श्रीलंकासँग साविक विजेता इंग्ल्याण्ड ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 897
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले साविक विजेता इंग्ल्याण्डलाई आठ विकेटले हराएको छ । भारतको बैंग्लुरुमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्ड ३३ दशमलव २ ओभरमा १५६ रन मात्र बनाउँदै अलआउट भएको थियो ।

    १५७ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले २५ दशमलव ४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।



    ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा इंग्ल्याण्डले सबै विकेट गुमायो ।



    श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए । श्रीलंकाका लागि पथुम निशान्काले नटआउट ७७ र सदीरा समरविक्रमाले नटआउट ६५ रनको योगदान दिए।

    त्यसअघि कुशल परेरा ४ र कुशल मेन्डिस ११ रन बनाउँदै आउट भएका थिए । इंग्ल्याण्डका लागि भने श्रीलंकाको दुवै विकेट डेविड वील्लेले लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार