Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप क्रिकेट

    अष्ट्रेलियासँग नेदरल्यान्ड्स २१ ओभरमै अलआउट, विश्वकप इतिहासकै फराकिलो जित

    अष्ट्रेलियासँग नेदरल्यान्ड्स २१ ओभरमै अलआउट, विश्वकप इतिहासकै फराकिलो जित

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले पराजित गरेको छ । यो विश्वकप इतिहासकै फराकिलो जित हो ।

    अष्ट्रेलियाले दिएको ४०० रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २१ ओभरमै अलआउट भयो ।



    नेदरल्यान्ड्सले मात्र ९० रन बनायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनाएको थियो ।



    अष्ट्रेलियाका म्याक्सवेलले ४० बलमा शतक बनाएर विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडेका छन् । उनले आज १ सय ६ रन बनाए ।

    यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए । डेभिड वार्नरले १ सय ४ रन बनाए । वार्नर र स्टिभ स्मिथले तेस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार