Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको लक्ष्य, म्याक्सवेलको कीर्तिमानी शतक

    अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको लक्ष्य, म्याक्सवेलको कीर्तिमानी शतक

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 732
    SHARES

    काठमाडौं । ग्लेन म्याक्सवेल र डेभिड वार्नरको शतकको मदतमा अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।

    बुधबार भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनायो ।



    अष्ट्रेलियाका म्याक्सवेलले ४० बलमा शतक बनाएर विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडेका छन् । उनले आज १ सय ६ रन बनाए । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए ।



    डेभिड वार्नरले १ सय ४ रन बनाए । वार्नर र स्टिभ स्मिथले तेस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए । नेदरल्याण्ड्स चार सय रनको विशाल लक्ष्य पछ्याइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार