Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • दक्षिण अफ्रिकाले बङ्लादेशलाई १४९ रनले हरायो

    दक्षिण अफ्रिकाले बङ्लादेशलाई १४९ रनले हरायो

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 774
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । जितका लागि ३ सय ८३ रनको लक्ष्य पछ्याएको बङ्लादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमा अलआउट भयो ।



    बङ्लादेशका महमुदुल्लाह रियादले सर्वाधिक १ सय ११ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । उनको एकदिवसीयमा चौथो र विश्व कपको तेस्रो शतक हो ।



    दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ तथा कागिसो रबाडा, मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।

    त्यसअघि मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्व कपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३ सय ५० भन्दा धेरै रन बनाएको हो । यसअघि श्रीलंकासँगको खेलमा ४ सय २८ र इङ्ल्यान्डसँगको खेलमा ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डिककले सर्वाधिक १ सय ७४ रन बनाए । यो विश्व कपमा उनको तेस्रो शतक हो ।

    हेनरिक क्लासेनले ९० रन जोडे । कप्तान एइडन मारक्रम ६० रनमा आउट भए । बङ्लादेशका हसन महमुदले दुई विकेट लिए । मेहेदी हसन मिराज, शोरिफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार