Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले दियो बंगलादेशलाई ३८३ रनको विशाल लक्ष्य

    विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले दियो बंगलादेशलाई ३८३ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, ७ कार्तिक २०८०
  • 897
    SHARES

    काठमाडौं । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ३८३ रनको विशाल लक्ष्य दिएको छ ।

    मुम्बईको वाङ्खडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिाकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३८२ रन बनाएको छ ।



    दक्षिण अफ्रिकाका लागि क्लिन्टन डी ककले शतकीय पारी खेल्दै सर्वाधिक १७४ रन बनाए । यस्तै हेनरिच क्लासनले अर्धशतकसहित अविजित ९० रन जोडे ।



    यसैगरी एइडेन मार्करमले अर्धशतकीय पारी खेल्दै ६० तथा डेभिड मिल्नरले अविजित ३४ रन बनाए ।

    बंगलादेशका हसन महमुदले सर्वाधिक २ विकेट लिए । अहिले बंगलादेश ब्याटिङ गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार