Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित

    एकदिवसीय विश्वकप : अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानले अफगानिस्तानलाई ८ विकेटले हराएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक पराजित गरेको हो ।

    पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेले ।



    त्यसपछि रहमत शाहले ७७ रन र कप्तान हस्मतुल्लाह शाहिदीले ४८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । ठुला टोलीविरुद्ध अफगानिस्तानले यो प्रतियोगितामा हासिल गरेको यो दोस्रो जीत हो ।



    यसअघि इंग्ल्याण्ड अफगानिस्तानसँग स्तब्ध बनेको थियो । यता पाकिस्तानले भने सुरुवाती दुई खेल जिते यता लगातार तेस्रो हार बेहोर्न बाध्य बनेको छ ।

    यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । टोलीका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रनको योगदान दिए ।

    त्यस्तै, ओपनर अब्दुल्लाह सफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन बनाए । अफगानिस्तानका लागि युवा खेलाडी नूर अहमदले ३ विकेट लिए भने नवीन उल हकले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार