Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : पाकिस्तानले अफगानिस्तानलाई दियो २८३ रनको लक्ष्य

    विश्वकप क्रिकेट : पाकिस्तानले अफगानिस्तानलाई दियो २८३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 615
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई २८३ रनको लक्ष्य दिएको छ ।

    चेन्नईमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८२ रन बनायो ।



    पाकिस्तानका कप्तान बाबर आमजले सर्वाधिक ७४ रन बनाए । यस्तै अब्दुल्लाह शफिकले ५८ तथा इफ्तिखर अहमद र शदाब खान समान ४० रन बनाएर आउट भए ।



    बलिङतर्फ अफगानिस्तानका नूर अहमदले ३ र नवीन उल हकले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार