Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी आज स्वदेश फर्किएका हुन् ।

गत हप्ता चीन गएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गरेका थिए ।

चीनमा रहँदा उनले चीनमा आएका विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाट गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077