Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • भारतको लगातार पाँचौँ जित, न्युजिल्यान्ड पराजित

    भारतको लगातार पाँचौँ जित, न्युजिल्यान्ड पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 888
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार पाँचौँ जित निकालेको छ । धरमशालामा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    भारतको जितमा विराट कोहलीले सर्वाधिक ९५ रन बनाए । कप्तान रोहित शर्माले ४६, रवीन्द्र जडेजाले नटआउट ३९, श्रेयस ऐयरले ३३, केएल राहुलले २७ र शुभमन गिलले २६ रन बनाए ।



    न्युजिल्यान्डका लागि लकी फर्गुसनले दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले ५० ओभरमा २७३ रन बनायो । उसका लागि ड्यारी मिचेलले १३० रनको पारी खेले । रचिन रवीन्द्रले ७५ रन बनाए ।



    यसअघि न्युजिल्यान्ड पहिलो स्थानमा थियो। भारतसँग पराजित भएसँगै न्युजिल्यान्ड दोस्रो स्थानमा, दक्षिण अफ्रिका तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार