Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा ६.१ रेक्टरको भूकम्पको धक्का, केन्द्रबिन्दु धादिङ

काठमाडौं । काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ७ः३९ बजे काठमाडौंमा आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ ।

आइतबार बिहान काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077