Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : इंग्ल्याण्डमाथि दक्षिण अफ्रिकाको शानदार जित

    एकदिवसीय विश्वकप : इंग्ल्याण्डमाथि दक्षिण अफ्रिकाको शानदार जित

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 963
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकाले इंग्ल्याण्डमाथि शानदार जित निकालेको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २ सय २९ रनको विशाल अन्तरले हराएको हो ।

    दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७० रन बनाउन सक्यो ।



    इंग्ल्याण्डका लागि मार्क वुडले ४३ तथा गुस एट्किन्सनले ३५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन् । दक्षिण अफ्रिकाका लागि जेलाल्ड कोटजीले ३ तथा लुंगी एनगिडी र मार्को यानसेनले दुई–दुई विकेट लिए ।



    यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले शतक बनाए ।

    उनी ६७ बलमा १०९ रन बनाएर आउट भए । यस्तै रेजा हेन्ड्रिक्सले ८५ र मार्को जानसेनले नटआउट ७५, रसी भान डेर डसेनले ६० रन बनाए । इंग्ल्याण्डका लागि रिस टोप्लेले ३ तथा गस एट्किन्सन र अदिल रसिदले २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार