Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकपमा श्रीलंकाको पहिलो जित, नेदरल्याण्ड्स ५ विकेटले पराजित

    विश्वकपमा श्रीलंकाको पहिलो जित, नेदरल्याण्ड्स ५ विकेटले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 654
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको हो ।

    नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ६३ रनको लक्ष्य श्रीलंकाले १० बल अगावै पछ्यायो । श्रीलंकाको जीतमा सदिरा समराविक्रमाले सर्वाधिक ९१ रनको योगदान दिए ।



    त्यस्तै, ओपनर पाथुम निशांकाले ५४ रन तथा चारिथ अशलंकाले ४४ रन तथा धनञ्जय डी सिल्भाले ३० रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्तले ३ तथा पाउल भान मेकरिन तथा कोलिन एकरम्यानले १–१ विकेट लिए ।



    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४९.४ ओभरमा सबे विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्रान्ड एन्जलबर्चले ७० तथा लोगन भानविकले ५९ रन बनाएका थिए । श्रीलंकाका लागि दिल्सान मधुशंका र कासुन रजिथाले ४–४ विकेट लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार