Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियो ४०० रनको विशाल लक्ष्य

    दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियो ४०० रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 915
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।

    मुम्बईको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनायो ।



    दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले शतक बनाए । उनी ६७ बलमा १०९ रन बनाएर आउट भए । यस्तै रेजा हेन्ड्रिक्सले ८५ र मार्को जानसेनले नटआउट ७५ रन बनाए ।



    इंग्ल्याण्डका लागि रिस टोप्लेले ३ तथा गस एट्किन्सन र अदिल रसिदले २–२ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार