Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : अस्ट्रेलियासँग पाकिस्तान ६२ रनले पराजित

    एकदिवसीय विश्वकप : अस्ट्रेलियासँग पाकिस्तान ६२ रनले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 732
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गरेको छ । भारतमा जारी विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित र पाकिस्तानको दोस्रो हार हो ।

    अस्ट्रेलियाले दिएको तीन सय ६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर तीन सय पाँच रन मात्रै बनायो । पहिलो विकेटका लागि अब्दुल्लाह सफिक र इमाम उल हकले एक सय ३४ रनको साझेदारी गरे ।



    अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर तीन सय ६७ रन बनाएको थियो।



    अस्ट्रेलियाका डेभिड वार्नरले १ सय ६३ र मिचेल मार्शले १ सय २१ रन बनाए । यी दुईले पहिलो विकेटका लागि २ सय ५९ रनको साझेदारी गरे । पाकिस्तानका लागि साहिन साह अफ्रिदीले सर्वाधिक ५ विकेट लिए ।

    पाकिस्तानका साहिन साह अफ्रिदीले पाँच विकेट लिएका थिए । ह्यारिस रौफले तीन र उसमा मिरले एक विकेट लिए । जितसँगै चार खेलबाट चार अंक जोडेको अस्ट्रेलिया तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक नै जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार