Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च मागेको आरोपमा वर्णवाल पक्राउ

बारा । आफू ‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् । उनीमाथि पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोप छ ।

उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गर्ने गरेको बताइएको छ ।

साथै यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीमाथि प्रहरीले आवश्यक कानुनी कारबाही अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077