Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीको प्रमुख प्रतिपक्षी दलमा राप्रपाको दाबी, प्रदेश सभामा निवेदन पेस

विराटनगर । कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । बुधबार मुख्यमन्त्री केदार कार्कीलाई सबै दलले विश्वासको मत दिएर समर्थन गरेपछि राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको हो ।

बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेश सभामा निवेदन दिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएकाले प्रतिपक्षमा मतदान गरेकै कारण आफूहरूले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाले माग गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले बुधबार लिएको विश्वासको मतमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी एक जना गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत मात्रै परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077