Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवैध रूपमा ल्याएको ९२ बोरा चिनीसहित एकजना पक्राउ

काभ्रे । अवैध रूपमा ल्याएको चिनीसहित प्रहरीले एकजना पक्राउ परेका छन् ।

काभ्रेको धुलिखेल नगरपालिका-२ का ३७ वर्षीय राजु तिमल्सिना ५० किलोको ९२ बोरा चिनीसहित पक्राउ परेका हुन् ।

जिल्लाको पनौती नगरपालिका-७ बसपार्कबाट राजस्व छली गरेर ल्याएको चिनीसहित तिमल्सिनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले ५० किलोको ९२ बोरा चिनी बरामद गरेको बताइएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077