Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दसैंमा मौसम सफा रहन्छ : मौसम विभाग

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ। हाशाखाका मौसमविद् रोजन लामिछानेले दसैंमा मौसम सफा रहने बताए।

‘दसैंमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एकरदुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतस् मौसम राम्रो रहने देखिन्छ,’ उनले भने।

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एकरदुईस्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ।

भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077