Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप : क्रिकेट न्युजिल्याण्डको लगातार चौथो जित, अफगानिस्तान पराजित

    एकदिवसीय विश्वकप : क्रिकेट न्युजिल्याण्डको लगातार चौथो जित, अफगानिस्तान पराजित

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 909
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले पराजित गरेको हो ।

    न्युजिल्याण्डले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रन बनाए भने अजमतुल्लाह ओमाजारीले २७ रनको योगदान दिए ।



    यसअघि ग्लेन फिलिप्सको ७१ रनको मद्दतले न्युजिल्याण्डले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा २८८ रन बनाएको थियो । फिलिप्सलाई कप्तान टम ल्याथमले ६८ रन बनाउँदै साथ दिए ।



    ओपनर विल यङले ५४ रन बनाए भने मार्क च्यापम्यानले नटआउट रहँदै २५ रन बनाए । जितसँगै चार खेलबाट ८ अङ्कका साथ न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलमा एक मात्र खेल जितेको अफगानिस्तान नवौँ स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार