Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनायो, नेपालीसँग मुर्खता पनि छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीसँग वीरता र मुर्खता रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले महान पुर्खाको सन्तानलाई हत्तपत्त कसैले हेप्न नचाहने बताए ।

“यो नेपाली हो भनेपछि हत्तपत्त हेप्न चाहँदैन । किनभने मुर्ख–मुर्ख छ है भनेर । हामीसँग वीरता पनि छ । हामीसँग दुईवटा कुरा छ । वीरता पनि छ, त्यसैसँगै मिसिएको मुर्खता छ । त्यसै कारण अंग्रेजसँग हार्छौंँ,” उनले भने ।

पूर्वजहरुको विद्वता र वीरताले हामीलाई चिनाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077