Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिउँसै एक लाख रुपैयाँ लुटेर भाग्दै गरेका दुई युवा पक्राउ

दाङ । दाङमा एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुईजना पक्राउ परेका छन् । तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो १ बजेतिर तुलसीपुर उपमहानगरपालिका–८ निवासी दिनेश वलीले बैङ्कबाट निकालेको एक लाख रुपियाँ लुटेर भागेका तुलसीपुर उपमहानगरपालिका–५ निवासी २१ वर्षीय आयुष विक र सोही ठाउँ निवासी १८ वर्षीय सुनिल मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दिउँसै बजारमा पैसा लुटपाट भएको खबरपछि इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद एक लाख रुपियाँ र एक थान मोबाइल बरामद गरिएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077