Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • जलवायु परिवर्तन विश्वकै साझा समस्या हो, न्यूनीकरणका लागि लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    जलवायु परिवर्तन विश्वकै साझा समस्या हो, न्यूनीकरणका लागि लाग्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 747
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन विश्वकै साझा समस्या भएको बताएका छन् ।

    बुधबार जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले लवायु परिवर्तन राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौती रहेको बताए । ‘हिमाल र हिमाली भेगमा भएको कोष यहीँ (मुस्ताङमै) आउनुपर्ने छ। जलवायु परिवर्तनको समस्या हाम्रो मात्रै होइन, संसारको हो । हामी सबै मिलेर न्यूनीकरणका लागि लाग्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।



    उनले सयुक्त राष्ट्रसंघको महासभा र इटालीमा पनि आफूले गम्भीरताका साथ जलवायु परिवर्तनको विषय उठान गरेको बताए। उनले हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनबारे विश्वले ध्यान नदिने हो भने ठूलो संकटको सामना गर्नुपर्ने धारणा राखेको जानकारी गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार