Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी नालीमा खस्यो : एक जनाको मृत्यु, ८ घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजा घाइते भएका छन् ।

बुधबार बिहान ६ः४५ बजे काठमाडौंबाट मन्थली जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार रामेछापको मन्थली नगरपालिका-१२ कि २० वर्षीया रमिला बुढाथोकी घाइते भएकी थिइन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनीहरुको धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई ठक्कर दिने इलेक्ट्रिक गाडीका चालक काभ्रे पनौती नगरपालिका-५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077