Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

मुस्ताङ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुस्ताङ पुगेका छन् । उनी आज बिहान ७ः४५ मा जोमसोम विमानस्थल पुगेका हुन् ।

उनलाई विमानस्थलमा प्रदेश इन्चार्ज देवेन्द्र पौडेल, जिल्ल्ला इन्चार्ज कपिल लामा, प्रजिअ जनकराज पन्त, सुरक्षाकर्मी लगायतबाट स्वागत गरिएको थियो ।

जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन तथा स्थानीय जनतासँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड मुस्ताङ गएका हुन् ।

मुस्ताङमा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्रीले नेपाली सेनाको हेलीमार्फत उपल्लो मुस्ताङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ। हिजो मात्रै स्वास्थ्यामा समस्या खेखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077