काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका छन् ।
जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन तथा स्थानीय जनतासँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रचण्ड मुस्ताङ गएका हुन् ।
मुस्ताङमा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
हिजो मात्रै स्वास्थ्यामा समस्या खेखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।
Leave a Reply