काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जानकारी गराएको हो । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका थिए ।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’
प्रधानमन्त्री दाहालको उपाचारमा डा. युवराज शर्मा, डा. यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेका थिए ।
Leave a Reply