Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

परिमाणमा ठगेको पाइएपछि भ्याली बाबा पेट्रोल पम्प सिल

काठमाडौं । नापतौल तथा गुणस्तर विभागले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेको छ ।

प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको हो ।

चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको छ।

त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077