Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालमा लगानीको अपार सम्भावना छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको बताएका छन् ।

आवासीय नेपाली सङ्घ (एनआरएनए)को ११ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको र त्यसको सदुपयोग गर्न एनआरएनएलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले भने,‘नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग नगर्नुहोस् । तपाईँहरु बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस्।’

देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सके मात्र विकास र समृद्धि हुन सक्ने भन्दै राष्ट्रपतिले यसतर्फ एनआरएनएको ध्यानाकर्षण गराए ।

यसो भएमा नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुने राष्ट्रपतिको भनाइ छ ।

राष्ट्रपति पौडेलले एनआरएनएको सरोकारको विषयमा नेपाल सरकारले नीतिगत तथा कानुनी व्यवस्था तर्जुमा गरेको भन्दै एनआरएनए नागरिकताको पनि व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077