Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकपमा अस्ट्रेलियाको पहिलो जित, श्रीलंका ५ विकेटले पराजित

    विश्वकपमा अस्ट्रेलियाको पहिलो जित, श्रीलंका ५ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 723
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ ।

    सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो ।



    श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो । श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो ।



    टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभरमा २०९ रनमा अलआउट भयो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार