Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा एमालेले चलखेल गर्‍यो, करेक्सन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोशी प्रदेशमा एमालेले चलखेल गरेको टिप्पणी गरेका छन् ।

धनगढीमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुअघि कांग्रेसको एकजना मात्रै मन्त्री बनाउने केन्द्रमा सहमति भएको भएपनि एमालेलाई पनि मन्त्री दिएको भन्दै चलखेल भएको उनले बताए ।

उनले त्यसलाई आफूहरु करेक्सन गर्ने बताए । उनले कोशीको विवाद मिलाउन आफूहरूले केन्द्रमा दुई दिनसम्म कसरत गर्न परेको उनले बताए । यस्तै उनले नेकपा एमालेभित्र पहिलोपटक ठूला चिरा परेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077