Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ह्वात्तै घट्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति आइतबार राति १२ बजेपछि लागू हुने गरी डिजेल, मट्टितेल, पेट्रोलको मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको छ । जसअनुसार पेट्रोलको मूल्य मात्रै प्रतिलिटर ११ रुपैयाँ, मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर ५/५ रुपैयाँ घटेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077